देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘छक्कापञ्जा ५’ – दिपक राजा वर्षा रानी

0

काठमाडौं – निर्माता तथा अभिनेता दिपकराज गिरीले चलचित्र छक्का पञ्जा ५ निर्माणको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको घोषणा गरेका हुन् । सार्वजनिक पोष्टरमा दिपकराज गिरी र अभिनेत्री बर्षा सिवाकोटी फिचर्ड छन् । सँगै केदार घिमिरे ‘माग्नेबुढा’ छाता बोकेर उभिएका छन् ।

पोस्टर हेर्दा दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ । राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई विहे गरेको देखिन्छ । माग्ने बुढा छेउमा उभिएका छन् ।

अन्य कलाकारबारे खुलाइएको छैन । दीपाश्रीले निर्देशन गर्ने यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले जानकारी दिए ।

यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार