देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छात्रवृत्ति नदिने यी ३४२ विद्यालयको अनुमति रद्द गर्दै महानगर

0

काठमाडौं – काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ।

जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो।

ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन भनेको छ। महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरको चेतावनी छ।

मंगलबार एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कानूनी कारबाहीकाे प्रक्रिया अघि बढाउने बताएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार