देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

0

मध्यबिन्दु/काठमाडौं – निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा अनुमानित लागत बढाउन खोजेको र स्वीस कम्पनीका नेपाली प्रतिनिधिसँग करोडौँ घुस मागेको अडियोबाट स्पष्ट भएको भन्दै बाँस्कोटाविरुद्ध छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपाली प्रतिनिधिसँग ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

यसअघि पनि विभिन्न सरकारी ठेक्कामा बाँस्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट पनि अनुचित लाभ लिएको हुनसक्ने उजुरीमा उल्लेख छ ।
बाँस्कोटाविरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा उजुरी दिएका हुन् ।

यस्तै, बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले पनि बाँस्कोटासहित ४ जना विरुद्ध अख्तियारमा उजुरी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सञ्चारमन्त्री बाँस्कोटा, तत्कालिन सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उनीहरुले आज (आइतबार) अख्तियारमा उजुरी दिएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार