देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छानबिन समितिनै नबन्ने खतरा भएपछी रविको नाम नराख्न तयार भयौं – गगन थापा 

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न छन् भनेर आफूहरूले उठाएको विषयमा छानबिन हुने निश्चित भएको बताएका छन्।

सरकारले जालझेल गरेर संसद अन्त्य गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समिति बनाउन तयार नहुने देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउन काँग्रेस तयार भएको उनको भनाइ थियो।

बिहीबार एक भिडिओ सार्वजनिक गर्दै उनले भनेका छन्, ‘उहाँले संसदमा उभिएर अन्तर्राष्ट्रिय समिति बनाए पनि हुन्छ भन्नुभयो। तर, नाम नै तोकेर छानबिन समिति बनाउन मान्दै मान्नुभएन। उहाँले नमानेपछि हामीले सरकारले केही समय सदन पेलेरै जाने त्यसपछि संसद अन्त्य गर्ने अनि समिति नबनाउने देखियो, त्यसपछि हामीले साथीहरूसँग छलफल गर्‍यौँ। गोरखा मिडियामा रकम अपचलन गरेको तथ्य देखिएकै छ। त्यो कुरा स्पष्ट गरेपछि हामी तयार भएको हौँ। जालझेलको प्रयास भएपछि हामीले गोर्खा मिडियाको नाम र सहकारीको नाम राखेर हामी तयार भएका हौँ। रकम गएकै छ गैरकानूनी भइहाल्यो। त्यो काममा कोही न कोही त संलग्न भइहाल्नुहुन्छ।’

गोरखा मिडियाको अनुसन्धान गरेपछि रवि लामिछाने र जीवी राईको संलग्नता प्रष्ट हुने बताए। उनले समितिलाई निर्बाध रूपमा काम गर्न दिएर ठगी गर्नेमाथि कारबाही र बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता हुनुपर्ने बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार