देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित छ जना पक्राउ

0

काठमाडौं – छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-९ स्थित सडकबाट नियन्त्रित लागूऔषध २० एम्पुल डाईजेपाम, २० एम्पुल बुप्रेनोर्फिन, २० एम्पुल फेनारगन र ६ सय ट्याब्लेट नाईट्राभेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय इन्द्र बहादुर अधिकारी र उदयपुर त्रियुगा नगरपालिका-५ ठेगाना भएका २९ वर्षीय अरुण बिश्वकर्मा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको थियो ।

साथै अनुसन्धानको क्रममा कागेश्वरी महानगरपालिका-७ स्थित उनीहरू डेरा गरी बस्ने कोठाबाट थप २ हजार ३ सय ८९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र नगद ५ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौंको टोखा नगरपालिका-१० भण्डारीटोल चोकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल बुप्रेनोर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगन सहित रामेछाप खाडादेवी गाउँपालिका-७ ठेगाना भएका २० वर्षीय दिनेश महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका- ९ राडीबजारबाट १२ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आठबिसकोट नगरपालिका- ९ राडीबजार डेरा गरी बस्ने जाजरकोट नलगाड नगरपालिका-८ घर भएका ४६ वर्षीय माल बहादुर सिंह र सोही नगरपालिका-९ बस्ने ६० वर्षीय काली बहादुर सिंह रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरु बसेको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ चर्च एरियाबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका-१० भावना टोल बस्ने २२ वर्षीय अरुण धिमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी नकलबन्दा तथा सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार