देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा दुई पक्राउ

0
<p>प्रतीकात्मक तस्बिर</p>

प्रतीकात्मक तस्बिर

काठमाडौं – छुरा प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौंबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दिवस अधिकारी र रवि थापा मगरलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य दुई जना अझै फरार छन् । छुरा प्रहारबाट गम्भीर घाईते भएका आशिषको उपचारको क्रममा शुक्रबार बिहान काठमाडौंको चिरायु अस्पतालमा मृत्यु भएको थियो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा आशिषमाथि छुरा प्रहार भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार