देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छैटौँ नुवाकोट महोत्सव माघ १६ देखि २६ सम्म

0

नुवाकोट – छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ गतेदेखि २६ गतेसम्म विदुर नगरपालिकाको बट्टारमा हुने भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको प्रवद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो ।

नुवाकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्दै जिल्लालाई पर्यटकीय स्थलको रुपमा विकसित गर्न सहयोग गर्न महोत्सव गर्न लागिएको उद्योग वाणीज्य संघले जनाएको छ ।

महोत्सवले जिल्लाको धर्म, सँस्कृति, जनजाती, भेषभुषा, रितिरिवाज, परम्परा र नुवाकोटको कृषि उद्योग, आर्थिक, शैक्षिक, व्यापार–व्यवसाय र पर्यटनको प्रवद्र्धन गर्नुका साथै भ्रमण वर्षलाई समेत टेवा पुर्याउने आयोजकले बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार