देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छैटौंपटक पनि छोरी जन्माउने आशंकामा पतिले गर्भवती पत्नीको पेट हँसियाले काटिदिए

0

भारत – भारतको उत्तर प्रदेश राज्यको बदायूं जिल्लामा एक व्यक्तिले छैटौंपटक पनि आफ्नी पत्नीले छोरी पाउने आशंका गर्दै गर्भवती श्रीमतीको पेट हँसियाले काटिदिएका छन्। पन्नालाल नाम गरेका ती व्यक्तिले श्रीमती अनिताको गर्भमा छोरा छ कि छोरी हेर्न भन्दै पेट काटेको समाचार बिबिसी हिन्दी सेवाले प्रकाशित गरेको छ।

घाइते महिलाका भाइले दिएको उजुरीका आधारमा उनीमाथि भारतीय दण्ड विधान ३०७ अन्तरगत मुद्धा दायर गरिएको छ। हामीले आरोपीलाई पक्राउ गरिसकेका छौं। हाल सबै पक्षबाट घटनाको जानकारी लिने काम भइरहेको छ। त्यसैको आधारमा कारबाही गरिनेछु, बदायूंका वरिष्ठ प्रहरी सुपरिटेन्डेन्ट संकल्प शर्माले भने।

छोराको विषयलाई लिएर पन्नालालको आफ्नी श्रीमतीसँग अक्सर झगडा हुन्थ्यो। उसले अनितालाई कुट्ने पनि गर्थ्यो। शनिबार सुरूमा उसले नराम्ररी पिट्यो अनि हँसियाले आक्रमण गरिदिएु, अनिताकी बहिनी रेखाले भनिन्। प्रहरीको हिरासतमा पुगेका पन्नालालले श्रीमतीसँग झगडा भएर आवेशमा हँसियाले आक्रमण गरेको भएपनि आरोप लगाइएजस्तो मनशाय नभएको बताएका छन्।

ुमेरा पाँच छोरी छन् र एउटा छोराको मृत्यु भइसकेको छ। मलाई थाहा छ, बच्चा भगवानको आशिर्वाद हुन्, जे हुन्छ हुन्छ। मेरी पत्नी सँधै मसँग झगडा गर्थिन्। शनिबार पनि झगडा भयो, रिसको झोंकमा मैले उसलाई हँसियाले हाने। ऊ यसरी गम्भीर रूपले घाइते हुन्छे भन्ने मलाई थाहा भएनु, पन्नालालले बताए । पन्नालालले यस्तो बताएपनि परिचय गोप्य राखेका उनका छिमेकीले भने फरक कुरा बताएका छन् । बिबिसी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार