देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा एक पक्राउ

0

काठमाडौं – जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ रातोपुल साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।

राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई पर्साको वीरगञ्ज महानगरपालिका–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएका थिए ।

आफ्नो नाममा पास गराई लिई सोही जग्गा पर्सा वीरगञ्ज महानगरपालिका–४ स्थायी वतन भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको हो ।

राणालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार