देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जति गणना हुन्छ दोब्बर मत बढाउँछन् वालेन्द्र

0

काठमाडौं – काठमाडौं महानगरपालिकामा मतगणना रोचक बन्दै गएको छ । जति मत दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापितले ल्याउँछन् त्यसको दोब्बर मत स्वतन्त्र उम्मेदवार इञ्जिनियर वालेन्द्र साहले ल्याउँदै गएका छन् ।

२७ हजार बढी मत गणना हुँदा वालेन्द्रले १० हजार ८९९ मत ल्याइसकेका छन् । स्थापितले ५ हजार ८४१ मत ल्याएका छन् । तेस्रो स्थानकी गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ११४ मतमात्र ल्याएकी छिन् ।

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १० हजार ४७७ मत ल्याउँँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ३ हजार ४३ मत ल्याएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार