देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जथाभावी सिमकार्ड बेच्नेलाई कारबाही गर्ने दूरसञ्‍चार प्राधिकरणको चेतावनी

0

काठमाडौं – नेपाल दूरसञ्‍चार प्राधिकरणले जथाभावी सिमकार्ड बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा जथाभावी तरिकाले सिमकार्ड बिक्री भइरहेको भन्दै दूरसञ्‍चार प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो ।

मोबाइल  सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री गर्दा ग्राहकले भर्नुपर्ने केवाइसी फारम रितपूर्वक नभरेको पाइएको प्राधिकरणले जानकारी दिएको छ ।

नियमानुसार कागजातहरू रुजु नै नगरी सेवा प्रदायकहरूबाट सिमकार्ड बिक्री भएको प्राधिकरणले जनाएको छ । हाल बजारमा फारम नभरी वा एकले अर्काको नागरिकता देखाएर सिमकार्ड खरिद गरिरहेको सूचना प्राप्त भएको उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार