देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनकपुरको मेयरमा कांग्रेस छाडेर स्वतन्त्र उठेका साह विजयी

0

काठमाडौं – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३,४६५ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गरेका हुन् ।पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् ।

गठबन्धनबाट कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजकुमारले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि प्रतिक्रिया दिँदै उनले आफूलाई कांग्रेसले नै जिताएको बताएका छन् ।

पार्टीले उम्मेदवार उठाउँदा गल्ती गरे पनि मतदाताले आफूलाई न्याय दिएको उनको भनाइ छ ।

गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसको साधारण सदस्यबाट समेत राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई नेता विमलेन्द्र निधिको साथ थियो ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५,५२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार रुणादेवी झाले १०,८८५ मत ल्याएकी छन् ।

निवर्तमान मेयर लालकिशोर साह भने चौथो स्थानमा रहे । गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए । उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार