देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनकपुरमा स्वतन्त्र मेयर जितेका साह कांग्रेसको विजयी र्‍यालीमा

0

काठमाडौैं – जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र भएर मेयरमा जितेका मनोजकुमार साह नेपाली कांग्रेसले बुधबार निकालेको विजयी जुलुसमा सहभागी भएका छन् ।

जनकपुरको गोपाल धर्मशालाबाट अपराह्न ३ बजेतिर निकालिएको विजयी जुलुसमा मेयरमा जितेका साहले पनि कांग्रेसकै व्यानर र तुल बोकेर नगर परिक्रमा गरेका हुन् ।

कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका साह बुधबार कांग्रेसले नै आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा धेरैले आश्चर्य मानेका थिए ।

तर साह भने आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताउँछन् । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

उनी १३ हजार ४ सय ६५ मत ल्याएर जनकपुरको मेयरमा निर्वाचित भएका छन् । मतपरिणाम घोषणा भएको दिन सोमबार एक्लै विजयी उत्सव मनाएका साह बुधबार भने कांग्रेसकै विजयी र्‍यालीमा सरिक भएका हुन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार