देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनताको जिम्मा काँग्रेसले लिन्छ – नेता बस्नेत

0

सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोकका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौं आधार ,हेड्स नेपाल बाट ५ लाख ५० हजार बरावरको खाद्यान्न भिरखर्क र नागपुजेका पहिरो पीडित १९१ घर परिवारलाई वितरण गरिएको नेता बस्नेतले बताए ।

प्रति परिवार ३० केजी चामल,१ लिटर तेल,दाल २ केजी,भुजा १ पाकेट,नुन १ पाकेट र म्याट लगायतको सामाग्री वितरण गरिएको छ । उक्त राहत वितरण कार्यक्रममा नेता बस्नेतले सरकार केही गर्न सक्दिन भनी हात उठाएमा जनताको जिम्मा काग्रेसले लिने बताए ।

यसैबिच बाह्रबिसे नपा ७ भिरखर्ककी पहिरोमा आफ्नो बुबा गुमाएकी अन्जु प्रधानको ११ र १२ कक्षा सम्म पढ्नको लागी आवश्यक खर्च केन्द्रिय सदस्य मोहन वहादुर बस्नेतले जिम्मेवारी लिने भएका छन्।

कार्यक्रममा काग्रेस क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतले पहिरोमा परेर अपांग भएकाहरु ६ जनालाई प्रति ब्यक्ति रु ५००० को दर आर्थिक सहयोग गरेका थिए । कार्यक्रम गेल्मु शेर्पा बुढाथोकीको संयोजक रहेको थियो भने पूर्व पत्रकार महासंघ सि पा अघ्यक्ष विष्णु न्यौपानेले सहयोग गर्ने हातहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार