देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनताको नेता जनताकै माझमा

0

रौतहट – बौधिमाइ नगरपालिका को मेयर प्रत्याशी तथा नेपाली कांग्रेस का युवा नेता राजन बाबु जयसवालको प्रमुख अतिथिमा दुर्गा पुजाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष झै यसपालि पनि वडादशैँको सप्तमिको दिन अर्थात फुलपातिका दिन विहान दश वजे इनर्वामा टोलमा माँ भागवति दुर्गा मैंयाको नेत्र खोलेर माँको आगमन गराइ विधिवत रूपमा पुजा पाठ गरि उद्घाटन गरिएको हो ।

उद्घाटनकै क्रममा नेता जयसवालले सम्पुर्ण नगरवासिमा दशैं, शुभ दिपावलि तथा छठ् पर्वको शुभकामना दिदैं सु-स्वास्थय दिर्घायु कामना व्यक्त गरेका थिए । सो अवसरमा सोहि नगरपालिकाका धर्मेन्द्र पटेल, शंकर मसतना , मुदालाल पटेल, चन्दन जयसवाल , हिमालय प्रसाद जयसवाल, राजेश कुशवाहा, हेम चन्द्र यादव, काशिम मुखिया, सुरेश शाह, भोला यादव , बृजभुशन जि लगायत भक्त जनहरुको उपस्थिति रहेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार