देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनताप्रति उत्तरदायी हुन सरकारले समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशन पालना गर्नुपर्ने बताएकी छन् ।

उनले सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नका लागि संसदीय समितिले दिएका निर्देशन पालना गर्नुपर्ने बताएकी हुन् । समितिको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएका हुन् ।

समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनले बताईन् ।

यस्तै पूर्व सचिव मुकुन्द शर्माले कुनै पनि समितिले दिएका निर्देशनहरू सरकारले पालाना गरेको नगरेको भन्ने सम्बन्धमा समिति आफैंले कार्यप्रगति मूल्याङ्कन गरी संसद समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताए ।

तर सरकारले कुनै निर्देशनहरू कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरुलाई सरकारले बेवास्ता गरिरहेको बताए ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री रामबहादुर थापासमेत उपस्थित बैठकमा समितिले निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार