देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनतालाई शुसूचित गराउन गाउँगाउँमा इन्टरनेट : मन्त्री गुरुङ

0

काठमाडौं – जनतालाई शुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवाको बिस्तारको कामलाई प्राथमिकता दिएको सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानव अधिकार हनन् नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा बिस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

उनले ‘समृद्ध नेपाल: सु:खी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे ।

मन्त्री गुरुङले सूचनाको हक मानव अधिकारको प्रत्याभूति दिलाउन अनिवार्य सर्त भएको उल्लेख गर्दै त्यस कामलाई प्रभावकारी रुपमा अघि बढाउन मानव अधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको उनको भनाई थियो ।

मन्त्री गुुरुङले मानव अधिकारको सुनिश्चित हुनेगरी मुुलुकको शान्ति, समृद्धि र विकासको काममा सरकार प्रतिबद्ध भएर लागि परेको बताए । जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै उनले त्यस अभियानमा मानव अधिकारकर्मीको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार