देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनता समाजवादीले संविधान संशोधनको पक्षमा मतदान गर्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

(काठमाडौं) – जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपाले निर्वाचन आयोगबाट अझै एकता सम्बन्धी कानूनी मान्यता पाएका छैनन् । अहिले राजपा र समाजवादी संसदमा भिन्दाभिन्दै दलका रुपमा छन् । नेता राजेन्द्र श्रेष्ठकाअनुसार राजपा र समाजवादीले यस विषयमा भिन्दाभिन्दै पनि निर्णय लिनेछन् । यसका लागि शनिबार संसदीय दलको बैठक बस्नेछ ।

समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छ । त्यसका लागि पार्टीले शनिबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत डाकेको छ ।

पार्टीका नेता शरतसिंह भण्डारीले संविधान संशोधनको पक्षमा उभिने र मतदान गर्ने निर्णय गरेको भन्दै सरिता गिरीलाई पनि स्पष्ट रुपमा संविधान संशोधन माथि दर्ता गराएको संशोधन फिर्ता लिन सुझाव दिएको बताए ।

जसपा सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । प्रस्ताव फिर्ता नलिएर गिरीलाई कारबाही गर्ने चेतावनी जसपाले दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार