देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नु – सर्वोच्च

0

काठमाडौँ – स्थानीय तहका पदाधिकारीलाई उम्मेदवार बन्नुभन्दा पहिले नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा  ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउसहित यस्तो आदेश जारी गरेको हो।

अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको छ। सर्वोच्चले यस सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई आगामी १३ गते छलफलमा समेत डाकेको छ।

आयोगले चैत ३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्दै आयाेगले सूचना नै जारी गरेपछि सिन्धुपाल्चोकका जनप्रतिनिधि शेर्पाले त्यसविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उक्त रिट निवेदन उपर हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा  ग्याल्जेन शेर्पाको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वहस गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार