देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित, अब स्थानिय तहमा

0

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ ।

सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले जानकारी दिए ।

मौसमको प्रतिकुलतामा यात्रुको विचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका-नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने सो पार्टीले निर्णय गरेको छ ।

‘२०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं।’ शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरि २०७८ माघ २० गते रातीबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

ck.jpg

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार