देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जन्मदिनको अवसरमा वृद्धाश्रममा सहयोग

0

सिन्धुपाल्चोक – समाजसेवा तथा राजनितीमा सक्रिय रमिला शर्मा पौडेलले आफ्नो जन्मदिन सिन्धुपाल्चोकको सदरमुकाम चौताराको वृद्धाश्रममा मनाएकी छिन् ।

नेपाली काँग्रेस मेलम्ची नगर सदस्य समेत रहेकी पौडेलले शुक्रबार आश्रममा रहेका ६ महिला र ५ पुरुषका लागि न्यानो टोपी सहित बीस हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी हुन् ।

आफ्नि आमा स्वर्गिय वदनकुमारी शर्मा पौडेलको सम्झनामा आफुले आश्रममा सहयोग गरेर जन्मदिन मनाउन पाउँदा निकै हर्षीत भएको पौडेलले बताइन् । पौडेलले दश हजार रुपैयाँ तिरेर आश्रमको आजीवन सदस्यता समेत लिएकी छिन् ।

समाजसेवी पौडेलले गरेको यो सहयोगले आफुहरुलाइ धेरै उपयोगी भएको र उनलाई निरन्तर समाजसेवामा लाग्ने प्रेरणा मिलोस भन्ने अपेक्षा रहेको चौतारा वृद्धाश्रम सेवा समितिका अध्यक्ष माया निरासीले बताइन् ।

नेपाली कांग्रे सिन्धुपाल्चोकका उप-सभापती शिव सुनार, आश्रमकी सचिव होमकुमारी पुरी, समाजसेवी इन्दिरा थापा लगायतको उपस्थितिमा आश्रमका वृद्धवृद्धाहरु सँगै बसेर पौडेलको जन्मदिन मनाएको स्थानिय अगुवा चन्द्र ढुङ्गानाले बताए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार