देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणीको आरोपमा दुई पक्राउ

0

कञ्चनपुर – सामूहिक जबरजस्ती करणीको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका–३ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन् । स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका थिए ।

दुवै जनाविरुद्ध पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन् । महिलाले उजुरी दिएपछि दुवै जना फरार थिए । घर आएका बेला दुवै जना शनिबार पक्राउ परेका हुन् । दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार