देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणीको आरोप लागेका एमाले नेता विदुर शर्मा फरार

0

काठमाडौं – नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।

भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले फरार सुचीमा राखेर खोजी गरिरहेको छ।

प्रहरी वृत्त दरबारमार्गमा एक युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले शर्माको खोजी गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले शर्माविरूद्ध  जबरजस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको बताए।

दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन्। नेकपा एमालेको गत जिल्ला अधिवेशमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।

ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्। उनलाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार