देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा इलामबाट एक पक्राउ

0

इलाम – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम नगरपालिका-७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरई रहेका छन् ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २५ वर्षीय बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा केही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार