देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

0

भक्तपुर – जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-५ चुनदेवी बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-५ कुर्कन्टार घर भएका १९ वर्षीय गंगा गिरी रहेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

गिरीले सोही नगरपालिका चुनदेवीस्थित आफैले संचालन गरेको ड्राईभिङ सेन्टरको कार्यालय कोठामा २०७६ मंसिर ७ गते ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी गरेको थियो ।

सो घटना बारे गत बुधबार मात्र उजुरी परेकाले महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार