देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

0

कास्की – किशोरीमाथि जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२० भलाम बस्ने ट्याक्सी चालक ३५ वर्षीय गणेश खत्री रहेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा खत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बिहान स्थानीय जंगलको बाटोमा एक्लै हिँडिरहेको अवस्थामा डर, धाकधम्की देखाई ती किशोरीलाई जबरजस्ती करणी गरेको खबरपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट खत्रीलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार