देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा काभ्रेबाट तीन जना पक्राउ

0

काभ्रे – महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।

२८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न डरत्रास धाकधम्की देखाई पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार