देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा चार जना पक्राउ

0

कैलाली – महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा होटलका संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ बस्ने २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका-१ बस्ने २१ वर्षीय टंक धामी रहेका छन् ।

उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार