देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा दुई पक्राउ

0

काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु र धनुषाबाट गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाको मिथिला नगरपालिका-५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार