देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा बाँकेबाट दुई पक्राउ

0

बाँके – जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाउँपालिका-४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापति रहेका छन् ।

४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत रुपैडियाका राम प्रसाद मिश्र र राम निवासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार