देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा मकवानपुरबाट एक पक्राउ

0

हेटौंडा – जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती गाउँपालिका-८ फापरबारी ठूलो कायर बस्ने २५ वर्षीय दावा पाख्रीन रहेका छन् ।

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकरपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार