देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा ललितपुरबाट एक पक्राउ

0

ललितपुर – बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारी रहेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भण्डारीलाई  शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी पछि महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार