देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी उद्योग अभियोगमा एक पक्राउ

0

(काठमाडौं) – एक महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा नुवाकोटबाट एक जना पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका-१२ घर भएका २५ वर्षीय बिशाल भन्ने रमेश प्रसाद वाग्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनस्स्थापना केन्द्रका सुरक्षा गार्डले सोही केन्द्रमा उपचाररत एक महिलालाई जबरजस्ती करणी उद्योग गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धान गर्ने क्रममा वाग्लेले विभिन्न बहाना बनाई, एकान्तमा बोलाई सम्झाउने बहानाले महिलालाई जबरजस्ती करणी उद्योग गरेको खुल्न आए पश्चात् उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वाग्लेलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार