देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

0

दोलखा – जबरजस्ती करणी गरेको अभियोगमा दोलखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका-७ बस्ने २४ वर्षीय रबि दङ्गाल रहेका छन् ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको हो

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार