देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

0
<p>फोटो कान्तिपुर</p>

फोटो कान्तिपुर

रामेछाप — रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

भक्तपुरको ठिमी प्रहरी वृत्तले पक्राउ गरी पठाइदिन गरेको आग्रह अनुसार प्रहरीले उनलाई पक्राउ गरी शनिबार नै ठिमी वृत्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले उनलाई शनिबार चनखुबाट पक्राउ गरेको हो ।

मन्थलीकै एक युवतीले वडाध्यक्ष बोहोराले बलात्कार गरेको भन्दै ठिमी प्रहरीलाई जाहेरी दिएकी थिइन ।  त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष बोहोरा पक्राउ परेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार