देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबर्जस्ती करणी गरेको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

0

काठमाडौं – नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँ सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरिका अनुसार जुम्लाकी ४० वर्षीया एक शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २४ गते बानियाँविरुद्ध दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

सोही उजुरीको आधारमा सा‌सद बानियाँविरूद्ध फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पक्राउ पुर्जी जारी गरेको थियो ।बलात्कार आरोपित सांसद बानियाँ केही समय अघिदेखि फरार थिए ।

नेकपा एमालेका सांसद बानियाँ मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार