देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जरुरत तीन करोड नेपालीको, सत्याग्रह डा केसीको – जगदिश्वर नरसिंह केसी

0
<p>नेता केसी</p>

नेता केसी

काठमाण्डौं – नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापती एवं कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले आमरण अनसनमा बसेका डा गोबिन्द केसीको माग अविलम्ब पुरा गर्न सरकार सँग आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता केसीले यस्तो बताएका हुन् ।

नेता केसीले भन्छन् “मुलुक र जन–आवश्यकताका सत्याग्रही संवाहक डा गोविन्द केसीको १९ औं सत्याग्रह आमरण अनशन को आज २२ औं दिन हो । १८ पटकसम्मका सत्याग्रहमा भएका सम्झौता, सहमति र सरकारी आधिकारिक प्रतिबद्धताप्रति सरकार इमानदार र वचनमा पक्का नभएपछि उहाँले बारम्बार सत्याग्रह आन्दोलन गर्नुपरेको जग जाहेर छ ।”

“गरिब, शोषित–पीडित र उपेक्षित जनताको भजन–कीर्तन गर्दै र ‘समाजवाद तर्फको यात्रा’ को दुहाई दिँदै जनताको भोट ठगेको वर्तमान कम्युनिस्ट सरकार डा केसीले उठाउनुभएको जनताका एजेन्डालाई ‘डा केसीका माग’ भनेर आजसम्म नजरअन्दाज गर्दै आएको छ, जो लोकतान्त्रिक गणतन्त्रप्रतिकै घोर उपेक्षा र तिरस्कार हो । सत्याग्रहको सिलसिलामा उहाँले उठाउनु भएका एजेन्डाहरू उहाँका व्यक्तिगत इच्छा–आकांक्षा होइन, राष्ट्रको आवश्यकता हो ।” उनको भनाइ छ ।

भईरहेका मन्त्रालय फुटाएर पार्टीको कलह मिलाउन ओली नेतृत्वको कम्युनिस्ट सरकार नेता व्यवस्थापनमा लागेको छ । सिंचाई मन्त्रालय फुटाएर त्यही मन्त्रालयको नदी नियन्त्रण महाशाखालाई नदी नियन्त्रण मन्त्रालय, भौतिक योजनना तथा यातायात मन्त्रालयको रेल वे विभागलाई रेलवे मन्त्रालय र पानीजहाज मन्त्रालय बनाउने काममा तल्लिन छ ।भन्दै नेता केसीले हाल भईरहेका २१ मन्त्रालयलाई आपसमा गाभेर १६ संघीय मन्त्रालयमा सीमित गर्नुपर्ने राष्ट्रिय नीतिलाई लत्याउँदै उल्टो २४ वटा बनाउने दुस्साहस गरी, तीन मन्त्रालयका लागि जनताले तिरेको करबाट मुलुकलाई वर्षेनी झन्डै ५ अर्ब रुपैयाँको अतिक्ति भार बोकाउने बद्नियतपूर्ण दुस्साहस देखाईरहेको बताएका छन् ।

नेता केसीले भ्यु टावर निर्माणको सौख पूरा गर्नको लागि सरकारी ढुकुटीबाट अर्बौं रुपैयाको उल्टो–गंगा बगाउने हठमा कायम छ । तर सत्याग्रही डा। गोविन्द के।सी।ले उठाएका एजेन्डा कार्यान्वयन गर्न बजेट छैन भन्दै, सरकारले मेडिकल माफिया, तस्कर, विचौलिया दलाल र भ्रष्टहरूको अवैध आकांक्षालाई कामयावी बनाउन कम्मर कसेको जनाएका छन् ।

त्यस्तै नेता केसीले मुलुकका आवश्यकता र जनचाहना पूरा गर्न बजेट नभएको देखाउने सरकारले प्राकृतिक न्यायको सिद्धान्त, संविधानमा उल्लेखित मौलिक अधिकार र प्रचलित संविधान जस्ता सभ्य राज्य र इमानदार सरकारको आदर्श पहिचानमाथि गम्भीर कुठाराघात गरिरहेको छ । अतः नेपाली जनताको आवश्यकताका प्रतीक बन्नुभएका सत्याग्रही डाक्टर केसी। ले उठाएका एजेण्डा पूरा गरी विधिको शासन, जनताका अधिकार लोकतन्त्रका आदर्शको कदर गर्न राष्ट्रिय मानवअधिकार आयोग लगायत स्वदेश वा विदेशका मानवअधिकारवादी संस्थाहरूले नेपालमा मानवता उपर हाल भईरहेको अत्याचारप्रति आवाज उठाउँदै सत्याग्रही डाक्टर के।सी।को जीवन रक्षा गर्ने पक्षमा जोड दिन आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार