देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जर्ज फ्लोयडको हत्याविरुद्धमा लिभरपुलका खेलाडीद्वारा विरोध

0

(एजेन्सी) –  इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले पनि अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा विरोध जनाएका छन् । लिभरपुलका खेलाडीले सोमबार फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् । म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र मार्कस रश्फोर्डले पनि जातिवादको विरूद्धको विश्वव्यापी प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् ।

यस अघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए । अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो । काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार