देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जर्मनीमा दुई भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध

0

(काठमाडौं) – कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालय बाहेक अन्यत्र दुई जना भन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरेको हो ।

जर्मनीले कोरोना भाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तक्र्रियामा थप रोक लगाउँदै दुई जना भन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ । टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर एंगेला मर्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन् ।

उनका अनुसार अनुसार केश शृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन् । अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए । चान्सलर मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइनमा बसिरहेको उनका प्रवक्ताले बताएका छन् ।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म १८ हजार ६ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उक्त भाइरसको संक्रमणबाट जमर्नीमा ५५ जनाको ज्यान गइसकेको छ ।

सम्बिन्धत समाचार :

जर्मन चान्सलर एंगेला मर्केललाई काेेेेेेेराेना संक्रमण

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार