देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरियो अमेरिका

0

काठमाडौं – जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । बुधबार सो सम्झौताबाट अमेरिका बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१७ जुन मै सो जलवायु सम्झौताबाट अलग्गिने घोषणा गरेका थिए । त्यस निर्णयको कार्यान्वयन बुधबार भएको बताइएको हो ।

सम्झौताबाट अमेरिका अलग्गिएसंगै राष्ट्रपति ट्रम्पले तेल, ग्यास र कोइला उद्योगलाई फाइदा हुने बताएका छन् । अमेरिकाको यो निर्णयसंगै राष्ट्रपतीय निर्वाचनको विकास पर्यावरणीय सम्बन्धी चुनावी मुद्दा चर्चाको विषय बनेको छ ।

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँग एक सम्झौता गरेको थियो ।

त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो । तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उहाँले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरूले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार