देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपाबाट बाबुराम भट्टराई निष्काशित, संघीय परिषद् अध्यक्षमा अशोक राई

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् ।

अध्यक्ष उपेन्द्र यादव पक्षको बिहिबार वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको हो ।

पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकले यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए  ।

पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ ।

भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार