देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपा अध्यक्ष यादवद्वारा वैकल्पिक शक्ति निर्माणमा एकजुट हुन आव्हान

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक शक्ति निर्माणमा एकजुट हुन सबैलाई आव्हान गरेका छन् ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले पार्टिको आधिकारिकता विवाद टुङ्ग्याउँनु भन्दा पहिले बाटो बिराएर अलग भएका पार्टिका सबै तहका कार्यकर्तालाई आव्हान गरेका हुन् ।

‘अहिले हामिले जुन अधिकार प्राप्त गरेका छौं यि अधिकार विभिन्न चरणका जन आन्दोलन, शसस्त्र बिद्रोह, ऐतिहासिक मधेश जनबिद्रोह, थारु, आदिबासी, जनजाती लगायतका आन्दोलन र संघर्षहरुमा गरेको त्याग र वलिदानिका उपलब्धिनै संघियता लोकतन्त्र गणतन्त्र धर्मनिरपेक्षता हुन् ।’  विज्ञप्तिमा भनिएको छ ‘यि उपलब्धिलाई जोगाउनु जरुरी छ ।’

‘अग्रगमन नचाहने प्राप्त उपलब्धिलाई उल्टाउन चाहने यथास्थितीवादीहरु फुटाउ र राज गर निति अनुरुप सप्रिय भएको बेला जसपा नेपालका सम्पुर्ण शुभ चिन्तक समर्थक सदस्य तथा पार्टिका विभिन्नतहमा कार्यरत भएका साथिहरुमा क्रन्तिकारी पार्टि जसपा नेपालको झण्डामरनी एकतावद्ध रहँदै रत्तिभरपनी विचलित नभइ दृढतापुर्वक पार्टि एकताको पक्षमा रहन सबैमा आव्हान गर्दछु ।’ अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर समुह प्रति लक्ष्यित गर्दै अध्यक्ष यादवले कुनै कारणले पार्टिबाट अलग भएका वा अन्यन्त्र अलमलमा परेका सबैलाई बिना कुनै हिचकिचाहट जसपामै फर्किएर वैकल्पिक शक्ति निर्माणको महअभियानमा जुट्न समेत अनुरोध गरेका छन् ।

No description available.

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार