देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपा, नेपाल विभाजन भएको छैन – अध्यक्ष यादव

0

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टी विभाजन नभएको जिकिर गरेका छन् ।

शनिबार जनकपुरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल विभाजन नभएको जिकिर गरेका हुन् । 

राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरू मन्त्री बन्न र धन कमाउन चोइटिए पनि पार्टी यथावत रहेको यादवले बताए । केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने उनको तर्क थियो ।

यादवले भने ‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राति निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो।’

उनले भने ‘उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि किन त भन्दाखेरी कोही मन्त्री बन्न, कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन, कोही धन भित्र्याउन भन्दा बढी केही लक्ष्य छैन।’

अध्यक्ष यादवले आगमी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार