देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपा सरकारमा जाने निश्चित, को-को जाने अनिश्चित

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ –  जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषय टुंगिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो ।

सरकारमा सहभागिताका विषयमा जसपामा विवाद कायमै छ । संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली नेतृत्वको सरकारलाई हटाउने हस्ताक्षर अभियानमा लागेको छ भने अध्यक्ष ठाकुर समूह भने ओलीसँग मिलेर आफ्ना मुद्दा सल्टाउने र सरकारमा सहभागी हुने दाउमा छ ।

विवादका कारण नेताहरू क-कसलाई सरकारमा पठाउने भन्‍ने विषय नटुंगिएको एक नेताले बताए । सरकारमा पार्टीको नेतृत्व महतोले गरेर जाने कि, शरतसिंह भण्डारीले गरेर जाने भन्‍नेमा पनि विवाद छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार