देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ’ – प्रवक्ता महत

0

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले शनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले भने ‘मेरो–तेरो , यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ’ ।

नेपाल प्रेस युनियन बाँके शाखाले शनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताए।

उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन,  पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने पनि स्पष्ट पारे ।

प्रवक्ता डा. महतले कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दावी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्लो निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’

उनले भने, ‘तपाईंहरू घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान बोकेर जनताको घरदैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार