देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जापानका राजकुमारले फुमिहिटोलाई उत्तराधिकारी घोषणा गरे

0

काठमाडौं – जापानका सम्राट नारुहितोले आफ्ना भाई फुमिहितोलाई सिंहासनको उत्तराधिकारी घोषणा गरेका छन् ।

नारुहितोका सन्तानका रुपमा छोरी मात्र भएकाले पनि भाई फुमिहितोलाई औपचारिक रुपमा सिंहासनको उत्तराधिकारी घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ ।

फुमिहिटो आफ्नो भाइ नारुहितो भन्दा छ वर्ष कान्छो छन् । जो गत वर्ष उनको बुबाले छोडेपछि राजा बने । रिक्कोशी नो री नामक समारोह कोरोना भाइरस संक्रमणका कारण ७ महिना पछि आयोजना गरिएको हो ।

समारोहमा नरिहितोले फुमिहितोलाई जापान र विदेशमा रहेका आफ्ना नागरिकको राजकुमार घोषणा गरेका हुन् । नरिहितो र फुमिहितोका बुबा सम्राट एमिरिटस अकिहितोको गत वर्ष निधन भएको हो ।

जापानको क्योडोे समामार संस्थाका अनुसार सो समारोहमा शाही परिवारका सदस्य र अन्य ४६ जना पाहुना मात्र सहभागी थिए । जसमध्ये धेरैले मास्क लगाएका थिए र एक अर्काबाट दूरी बनाएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार