देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जापानको आगामी वर्षको बजेट १० खर्ब ३० करोड

0

काठमाडौं – कोरोना संक्रमण जोखिमका कारण थला परेको अर्थतन्त्र उकास्नका लागि जापानले आगामी आर्थिक वर्षका लागि १० खर्ब ३० करोड येन बजेट पारित गरेको छ ।

आगामी अप्रिलबाट सुरु हुने नयाँ आर्थिक वर्षका लागि सो परिमाणको बजेट विनियोजन गरिएको त्यहाँको अर्थ मन्त्रालयलाई उद्धत गर्दै रोयटर्सले जनाएको छ । सैन्य र सामाजिक क्षेत्रमा बजेट बढाइएको छ ।

चालू आर्थिक वर्षको तुलनामा सो बजेट ४ प्रतिशत बढी रहेको जनाइएको छ । जुन ९ वर्षकै सबैभन्दा बढी हो । संक्रमण जोखिमकै कारण जापानमा करीब १ तिहाई अर्थतन्त्र खस्किएको छ । कोरोना कै कारण युरोपदेखि अमेरिका सम्मका सीमा नाका बन्द हुँदा धेरैले रोजगारी गुमाउन बाध्य भएका छन् ।

थला परेको अर्थतन्त्र उकास्नका लागि जापानका प्रधानमन्त्री योसिहाइड सुगाले आर्थिक वृद्धिको अभियान सुरु गरेका छन् । ५० खर्ब डलर बराबरको जापानी अर्थतन्त्रको करीब २ तिहाई वृद्धि गर्ने प्रधानमन्त्री सुगाले पहल गरिरहको रोयटर्सले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार