देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जापानमा जारी संकटकाल आगामी मार्चसम्म लम्बियो

0

काठमाडौं – जापानले कोरोना भाइरसको असर कम नभएको भन्दै जारी संकटकाल आगामी मार्चसम्मका लागि लम्ब्याएको छ ।

प्रधानमन्त्री योशिहाइड सुगाले कोरोनाविरुद्ध सरकारले सुरु गरेको अभियान अझै सफल भइनसकेकोले संकटकाल थप एक महिना लम्ब्याएको जापानी सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

राजधानी टोकियो सहित छिमेकी कानागावा, चिवा, साइतामा, गिफू, ओसाका, फूकूओका लगायत क्षेत्रमा जारी संकटकाल बढाइएको हो । यस्तै उत्तरी क्षेत्रमा रहेको तोचिगीमा भने संक्रमण कम भएपछि संकटकाल हटाइने सुगाले बताए ।

जापानमा यही वर्षको जुलाईबाट आयोजना गर्न लागिएको विश्वकपका लागि पनि पूर्वसावधानी आवश्यक रहेको भन्दै सरकारले कडाई गर्दै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार