देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

0

काठमाडौं – काठमाडौं जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । मंगलबार जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।

बोरिङ खन्ने क्रममा तीन सय फिट जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उनको भनाइ छ । जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासी विस्फोट भएको श्रेष्ठले बताए ।

अहिलेपनि ग्यास निस्किरहेकाले घटनास्थल वरपर सुरक्षा दिएर मानिसहरूलाई त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार