देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जितपछी देउवाले दिए धन्यवाद

0

काठमाडौं – लगातार दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवाले मतदातालाई धन्यलाई दिएका छन् । जितपछि देउवाले सामाजिक संजालमार्फत मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिएका हुन् ।

बुधबार बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रो पटक सभापति भएका हुन् । देउवाले ४६ सय २३ मत खसेकामा २७ सय ३३ मत पाए ।

कोइरालाले १८ सय ५५ मत पाए । ३५ मत बदर भएको थियो । पहिलो चरणमा पाँच प्रतिस्पर्धी भएकामा दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवाको जित सहज भएको हो ।

जितपछि देउवाले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी भएर मलाई सभापतिमा विजयी गराउनु हुने जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत सम्पूर्ण शुभचिन्तक, सहृदयी साथीहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार